
काठमाडौं, ९ भदौ । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आईएमई–पेले गएको असारमा सञ्चालनमा ल्याएको क्युआर–डे विथ आईएमई–पे अफर पुनः सार्वजनिक गरेको छ ।
सो अफर भोलि भदौ १० गते शुक्रबार एक दिनमात्रै सञ्चालन गरिने कम्पनीले जनाएको छ । पुरानो संस्करण जस्तै यो पटक पनि प्रयोगकर्ताहरूले कुनै पनि क्यूआर पेमेन्ट आईएमई–पे एपमार्फत भुक्तानी गर्दा दिनभरीमा १०% छूट (अधिकतम रू. १०० सम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ ।
एक दिनका लागि मात्र लागू हुने यो अफरमार्फत अझ धेरै नयाँ तथा सम्भावित प्रयोगकर्ताहरूलाई आईएमई–पे प्रयोग गरी डिजिटल भुक्तानी गर्न र त्यस्तै माध्यमको प्रयोगमा अभ्यस्त बनाइ विद्युतीय भुक्तानीलाई प्रोत्साहन दिने कम्पनीले विश्वास राखेको छ ।
अघिल्लो समय जस्तै यस अफरमा पनि पहिलो २ हजार ५०० सेवा ग्राहीहरूले मात्र क्यासब्याक पाउने छन् भने पियर्स–टू–पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासब्याक नपाउने आईएमई–पेले जनाएको छ ।















प्रतिक्रिया