
काठमाडौं, ९ भदौ । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचनामा तत्काल डोजर चलाएको छ ।
कानूनबमोजि नै कम्प्लेक्सको भुइँतल्लामा व्यापारिक संरचना निर्माण गरिएको तथा राज्यलाई कर तिरिरहेको दाबी गर्ने अल्फाबिटाका सञ्चालकको शेखी छार्न मेयर बालेनले आजको आजै डोजर चलाएका हुन् ।
आज बिहान अनुगमनका लागि उक्त कम्प्लेक्स पुगेका मेयर बालेन साहसँग वैधानिक रूपमै संरचना बनाइएको दाबी गर्ने कम्प्लेक्स सञ्चालकसँग भनाभन भएको थियो । सो क्रममा कम्प्लेक्स प्रतिनिधिले नक्सा लिएर आउन र नक्सा हेरेर मात्रै आफूहरूसँग कुरा गर्न भन्दै मेयर साहलाइृ कानूनी उपचारको धाक लगाएर फिर्ता पठाएका थिए ।
फिर्ता भएको केही घण्टामा नै मेयर बालेन अहिले उक्त कम्प्लेक्सको नक्सा र संरचना भत्काउने डोजर तथा नगर प्रहरीसहित अल्फबिटा पुगेका छन् ।















प्रतिक्रिया