
काठमाडौं, ९ भदौ । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टीभी ब्राण्ड टीसीएलले यो दशैं–तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुशी’ योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरू खरीद गर्दा आकर्षक नगद छूट वा निश्चित उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरूले यो योजना भदौ ८ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने पनि कम्पनीले स्पष्ट पारेको छ ।
ग्राहकहरूले टेलिभिजनको खरीदमा रू. ४० हजार ४०० सम्मको छूट पाउन सक्नेछन भने कर्भड टेलिभिजनको खरीदमा रू. १४ हजार ७०० को छूटका साथै १ थान टीभी स्टिक उपहार पनि पाउन सक्ने छन् ।
त्यस्तै वाशिङ मेसिन खरीदमा रू. १९ हजार ३०० सम्मको छूटका साथै ६ केजीको सर्फ एक्सल वाशिङ पाउडर उपहार पाउन सक्ने छन् । त्यस्तै रेफ्रिजेरेटरको खरीदमा रू. ३५ हजार ७०० को छूट पाउन सक्ने छन् ।
त्यसैगरी एअर कन्डिसनरको खरीदमा रू. ३५ हजार ४०० सम्मको छूटका साथै रू. ४ हजार बराबरको निःशुल्क एसी जडान सुबिधा पनि पाउने कम्पनीले जनाएको छ । साथै वाटर डिस्पेन्सरको खरीदमा रू. ४ हजार ३०० सम्मको छूट र चेस्ट फ्रिजरको खरीदमा रू. १४ हजार ७०० तथा साउन्ड बारको खरीदमा रू. ६ हजारसम्मको छूट पाइने छ ।
यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशत माफाइनान्स सुबिधा समेत उपलब्ध गराएको जानकारी दिएको छ ।
नेपालभर टीसीएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी इओएल रहेको छ । सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।
कम्पनीका सीजी डिजिटल शोरुमहरू काठमाडौंभित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुरको राधे राधे, रबिभवन, कीर्तिपुर, हातिगौँडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौंबाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।















प्रतिक्रिया