
काठमाडौं, ९ भदौ । मुक्तिनाथ विकास बैंकमा खाता खोल्ने ग्राहकले एक लाख रुपैयाँसम्मको बीमा सुविधा पाउने भएका छन् ।
नजिकै आइरहेको हिन्दू नारीहरूको विशेष चाड हरितालिका तिजलाई लक्षित गरी बैंकले हालै जारी गरेको ‘मुक्तिनाथ तीज विशेष अफर’ अन्तर्गत खाता खोल्ने ग्राहकले उक्त सुविधा पाउने छन् ।
योजना अन्तर्गत भदौ महिनाभित्र मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने नारीहरुले एक लाख रुपैयाँसम्मको चिकित्सासम्बन्धी बीमा (मेडिकल बीमा), निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षका लागि), निःशुल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षका लागि) र ट्राङक्युलिटी स्पाको विभिन्न सेवामा ५० प्रतिशतसम्म छूट पाउने छन् ।
योजनाहरू भदौ महिनाभर जारी रहने बैंकले जानकारी दिएको छ ।















प्रतिक्रिया