४ कार्तिक २०८३, बुधबार

त्रिवि शिक्षण अस्पतालबाट भागेका कैदी बुढाथोकीलाई प्रहरीले लुभुबाट पक्रियो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । उपचारका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्ज लगिएका बेला प्रहरीलाई झुक्याएर फरार भएका नख्खु कारागारका एक कैदी लुभुबाट पक्राउ परेका छन् ।

हिजो बुधबार करिब सवा ४ बजे फरार भएका कैदी पिल्पुङ गाउँपालिका–२ रामेछापका ३१ वर्षीय भोला बुढाथोकीलाई प्रहरीले आज बिहीबार बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।

कर्तव्य ज्यानको मुद्दामा कैद भुक्तान गरिरहेका बुढाथोकीलाई झुसेली कीरा परेर आँखामा समस्या देखिएपछि उनको पहिलेदेखिनै उपचार हुँदै आएको थियो । फलोअपको लागि आज अस्पताल लैजाँदा उनी भागेका हुन् ।