
काठमाडौं, ९ भदौ । नेकपा माओवादी केन्द्रको युवा सङ्गठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले आज पार्टी हेडक्वार्टर पेरिसडाँडामा विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
वाईसीएल नेपालको दोस्रो भेला तथा प्रथम पूर्ण बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न, समसामयिक प्रस्तावबारे जानकारी एवम् नवनिर्वाचित पदाधिकारीहरूको पदभार ग्रहणको जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्न लागिएको हो ।
पत्रकार सम्मेलन दिउँसो साढे १ बजे आयोजना गरिएको छ ।















प्रतिक्रिया