५ कार्तिक २०८३, बिहिबार

विवाह भोजको खर्च भूकम्पपीडितलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parbat-marriage-rahatफलेवास (पर्वत), २३ वैशाख । पर्वतको एक विवाहित जोडीले विवाह भोजको खर्च भूकम्पपीडितलाई सहयोग गरेका छन् ।

पर्वतको सदरमुकाम कुस्मा निवासी डा अनुज श्रेष्ठ र वर्षा मर्सानी श्रेष्ठले विवाह भोजमा ककटेल पार्टी र रमाइलोमा गर्ने खर्च मुलुकमा आएको विनाशकारी भूकम्पबाट पीडितका लागि सहयोग गर्नुभएको हो ।

श्रेष्ठ दम्पतीले जिल्लामा भूकम्पबाट घरबारविहीन भएका परिवारका लागि खर्च गर्ने गरी जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई रु एक लाख ११ हजार १११ चेक हस्तान्तरण गर्नुभयो ।

नवदुलाहाका पिता गणेशमान श्रेष्ठले भन्नुभयो, “विपत्को समयमा सबै नेपाली शोकमा डुबिरहेका बेला आफूहरु भोजभतेर गरेर रमाउनु सान्दर्भिक नठानेर भूकम्पपीडितलाई सहयोग गरेका छाँै ।”
अनुज फिलिपिन्समा रेडियोलोजीमा एमडी गर्दै हुनुहुन्छ भने वर्षाले पोखरा विश्वविद्यालयबाट हस्पिटालिटी म्यानेजमेन्टमा डिग्री गर्नुभएको छ । रासस