४ कार्तिक २०८३, बुधबार

माओवादीका महासचिव भन्छन्– गठबन्धनले एक/दुई दिनभित्रै सीट बाँडफाँट टुङ्गो लगाउँछ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि गठबन्धनमा एक/दुई दिनभित्रै सीट बाँडफाँटको टुङ्गो लाग्ने बताएका छन् ।

उनले अहिले त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल चलिरहेको जानकारी दिएका छन् । उनले मुलुकको राष्ट्रिय राजनीति अहिले जटिल मोडमा रहेको टिप्पणी गर्दै उनले मुलुकको राष्ट्रिय राजनीतिमा देखा परेको सङ्कटलाई सबै दलबीचको सहकार्यले पार लगाउनुपर्नेमा जोड दिएका छन् ।

‘निर्वाचन मंसिर ४ गते हुँदैछ । निर्वाचन समयमै अनि स्वतन्त्र र निष्पक्ष ढंगले गर्नुपर्ने आवश्यक छ । संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना गरेको छैन् । समयमै निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभालाई निरन्तरताको अवस्थामा लैजानुपर्ने आवश्यकत्ता छ,’ महासचिव गुरूङले भने, ‘मुलुकको अगाडि जुन प्रकारको सङ्कटहरु छन्, अस्थिरता, अराजकता र मुलुकको राष्ट्रिय अस्मितामाथि जुन खालको समस्या र सङ्कटहरु छन्, आइपरेका छन्, तिनलाई सामना गर्नको लागि आन्तरिक रुपमा स्थिरता र स्थायित्वको जरुरी छ ।’