२ कार्तिक २०८३, सोमबार

पुरिएका र मरेका पशुहरूका बारेमा अझै किन सोँचिएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gorkha-photoकाठमाडौं, २३ वैशाख । महाभूकम्पमा ज्यान गुमाएका साढे सात हजारको शव उद्धारकर्मीले निकालिसकेका छन्। तीमध्ये अधिकांश शव आफन्तलाई जिम्मा लगाएर अन्त्येष्टिसमेत भइसक्यो।

महामारी र रोग निम्तिन सक्नेतर्फ ध्यान दिँदै भग्नावशेषमा पुरिएका बाँकीको खोजी तीव्र छ। भूकम्पमा मान्छेसँगै पुरिएका घरपालुवा जनावर तथा पशुपन्छीको उद्धार र व्यवस्थापन भने हुन सकेको छैन।

भग्नावशेषमा पुरिएर कुहिएका जनावर तथा पशुपन्छीको मृत शरीरसमेत महामारी र रोगका लागि मान्छेको शवजत्तिकै हानिकारक हुन्छ।

भूकम्पले ग्रामीण भेगमा बढी क्षति गरेका कारण त्यहाँ पालिएका जनावर तथा पशुपन्छी धेरै मरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

कृषि विकास मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार देशभर ६ हजार सात सय ४७ ठूला पशु मरेका छन्।

ठूला पशुमा गाई, भैंसी, घोडा, गधा पर्छन्। आठ हजार सात सय ३४ साना पशु मरेका छन्।