४ कार्तिक २०८३, बुधबार

गायक ढकालले गरे ‘साझा घर नेपाल’लाई सहयोग

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ७ भदौ । पप गायक सुजन ढकालले जन्मदिन मनाउन गरिने फजुल खर्चलाई कटाएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अवस्थित ‘साझा घर नेपाल’लाई खाद्यान्न सहयोग गरेका छन् ।

‘मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो’ भन्ने आस्थाका कारण आफूले थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ ‘साझा घर नेपाल’लाई सहयोग गरेको गायक ढकालले बताए ।

‘एक छाकबाट एक मुठ्ठी दान, साझा घर नेपाल को अभियान’ भन्ने मुल उद्देश्यका साथ सञ्चालित असहाय अभिभावकबिहीन बालबालिकाहरुको आश्रयस्थल ‘साझा घर नेपाल’लाई गायक ढकालले केही बोरा चामल, दाल, चना, चाउचाउ तथा चकलेट गरि विभिन्न खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।

विगत ५ वर्षदेखि आफ्नो जन्मदिनको अवसर पारेर विभिन्न सामाजिक संथालाई सहयोग गर्दै आएका गायक ढकालले गत वर्षहरुमा पनि विभिन्न मानव सेवामा संग्लन सस्थालाई सहयोग गरेका थिए ।