४ कार्तिक २०८३, बुधबार

टाटा मोटर्सले ल्यायो दशैंका लागि ‘दशैंमा द–सही अफर’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले २०७९ सालको दशैंलाई थप उत्साहजनक बनाउन ‘दशैँमा द–सही अफर’ योजना ल्याएको छ ।

योजनाअन्तर्गत ग्राहकले टाटा मोटर्सका कुनै पनि कमर्शियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टिभी, फ्रिज, वासिङ्ग मेसिन, ओभन, ल्यापटप वा मोबाइल मध्ये कुनै एक उपहार प्राप्त गर्न सक्ने छन् ।

आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन सकिने कम्पनीले बताएको छ । साथै यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाइनान्स जस्ता सुविधाहरु पनि रहेको कम्पनीको भनाइ छ ।

हरेक वर्षझैँ यसपालीको आउदो दशैंलाई लक्षित गर्दै ग्राहकहरुको तर्फबाट अफरसम्बन्धी सकारात्मक प्रतिक्रिया आएको र विशेषगरी ७०% सम्मको फाइनान्सले सबैको हौसला बढाएको सिप्रदी ट्रेडिङ्गको कमर्शियल भेहिकल बिजनेस यूनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणी ढकालले बताए ।

उनका अनुसार कुन गाडीमा कुन अफर प्राप्त गर्न सकिन्छ, कहाँ–कहाँ पाइन्छ आदि जस्ता विस्तृत जानकारीका लागि कम्पनीको फेसबुक पेज ‘टाटा मोटर्स ट्रक्स एण्ड बसेस नेपाल’ हेर्न सकिने छ ।