
काठमाडौं, ७ भदौ । गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनस्द्वारा सञ्चालित ‘मोको डिजिटल वालेट’सँग सम्झौता गरेको छ ।
सम्झौता अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई विभिन्न सेवाहरु प्रयोग गर्न सक्नेछन् । उक्त सम्झौतासँगै बैंकका ग्राहकले मोको वालेटबाट मोबाइल टपअप, इन्टरनेट, विद्युत् र खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको बिल भुक्तानीलगायत सेवाहरु सजिलै प्रयोग गर्न सक्नेछन् ।
साथै, मोको डिजिटल वालेटबाट नेपालभर १५०० भन्दा बढी मर्चेन्टहरुमा स्क्यान टु पेमार्फत सजिलै बिल भुक्तानी गर्न सकिने छ । हाल गरिमा बैंकले नेपालभर १२० वटा शाखा कार्यालय, एउटा एक्स्टेन्सन काउण्टर र ५१ वटा एटीएमबाट सेवा प्रदान गर्दै आइरहेको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया