४ कार्तिक २०८३, बुधबार

ट्राफिक प्रहरीको रात्रिकालीन चेकिङ : यी दुई जना चालकविरुद्ध चलाइयो मुद्दा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । ट्राफिक प्रहरीलाइ अभद्र व्यवहार गरेको भन्दै दुई जना चालकविरुद्ध मुद्दा चलाएको छ ।

ट्राफिक प्रहरीको नियमित रात्रिकालीन चेकिङमा परेका एक जना सार्वजनिक यातायातका र एक जना ट्याक्सी चालकविरुद्ध उक्त मुद्दा चलाइएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनीहरूले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका थिए । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनीहरुलाई कारबाही गर्न खोज्दा ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले मुद्दा चलाइएको हो ।

कीर्तिपुरको त्रिभुवन विश्वबिद्यालयअगाडिको सडकमा बा ३ ख ४३८३ नम्बरको भाडा बसका चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भइ हाल काठमाडौँको टोखा बस्दै आएका सरोज श्रेष्ठ, मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ परेका श्रेष्ठलाई अभद्र व्यबहार मुद्दामा ५ दिन म्याद थप अनुमति लिइ प्रहरी वृत्त कीर्तिपुरमा राखेर अनुसन्धान भइरहेको छ ।

त्यस्तै भक्तपुरको जगातीमा गएराति भएको ट्राफिक प्रहरीको चेकिङमा बा २ ज ५६१५ नम्बरको ट्याक्सी चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ घर भएका ४० वर्षीय अनिल धिताल, मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ परेका धितालउपर अभद्र व्यवहार मुद्दामा ७ दिन म्याद थप अनुमती लिइ प्रहरी वृत्त जगातीमा राखेर अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।

चालकहरूले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढेको र सम्भावित दुर्घटनालाई रोक्नको लागि ट्राफिक चेकजाँचलाई तीव्रता दिइएको उनको भनाइ छ ।