४ कार्तिक २०८३, बुधबार

जबरजस्ती करणी मुद्दाका फरार विश्वकर्मा १८ वर्षपछि पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, ७ भदौ । जबरजस्ती करणी मुद्दाका फरार एक जना प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–५ का सुरज विश्वकर्मा छन् । उनलाई सोही नगरपालिका–५ भरौलबाट घटनाको १८ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको हो ।

१४ वर्षिया किशोरीलाई आफ्नै घरमा ४–५ जनाको समूहमा आएका सुरज समेतका व्यक्तिहरूले ती किशीरीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरी फरार भएका थिए । उक्त घटनामा सर्वोच्च अदालतबाट ९ वर्ष ५ महिना १९ दिन कैद ठहर भए पनि प्रतिवादी फरार रहँदै आएका थिए ।

फरार रहेका उनलाई लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको प्रहरीले बताएको छ ।