४ कार्तिक २०८३, बुधबार

अवैध सुनसहित भारतीय नागरिक काठमाडौं विमानस्थलबाट पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ७७७ ग्राम सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक पश्‍चिम विहारका ३४ वर्षीय विकास महाजन रहेका छन् । सारजाह एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीलाई त्रिभुवन विमानस्थल विशेष सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट मंगलबार पक्राउ गरेको हो ।

महाजन समेतका व्यक्तिहरूले भन्सार छली  अबैध रूपमा सुन ल्याई कारोबार गर्न लागेको घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त पार्किङस्थलमा शंकास्पद अवस्थामा फेला पारी जाँच गर्ने क्रममा महाजनले सेण्डो र अण्डरवेयरमा पेष्ट गरेको उक्त धातुको साथै १९ हजार ५ सय भारतीय रूपैयाँ र ४२० युएई दिरामसहित उनलाई पक्राउ गरेको हो । उनले उक्त धातु दुवईबाट भारततर्फ लैजाने लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीले विकासको साथबाट ७७७ ग्राम तौल बराबरको १ थान सुन र ५ सय दरका भारतीय १९ हजार ५०० रुपैंयाँ बरामद गरेको छ । पक्राउ परेका उनलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौरचणमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।