४ कार्तिक २०८३, बुधबार

थप ६३४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर गरिएको ४ हजार ९४९ जनाको नमूना परीक्षणबाट ६५८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७५७ जनाको आरटी–पीसीआर गर्दा ३४३ जना र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९५ हजार ९८९ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ७९ हजार ७७४ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ४ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २२१ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ७६ हजार ५५३ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ४ हजार २२१ जना आइसोलेसनमा छन् ।