४ कार्तिक २०८३, बुधबार

सङ्घीयताको अधिकारमा पुनर्विचार गर्नुपर्दछ : उपाध्यक्ष घिमिरे

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दे (तनहुँ), ७ भदौ । तनहुँको म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सङ्घीयताको अधिकारमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

सङ्घीय सरकारले स्थानीय सरकारलाई विभेद गरेको भन्दै उनले तीन तहको सरकारमा स्थानीय तहमा अधिकार केन्द्रित गर्नुपर्नेमा त्यो नभएको बताएका छन् । सहअस्तित्व राजनीति स्वीकार्नुपर्नेमा सङ्घीय सरकारले उपेक्षा गरेको समेत उनको आरोप छ ।

सङ्घीयताको मुल मर्मविपरीत सङ्घीय सरकारमा सामन्ती चिन्तन दिएको उनको भनाइ छ । सङ्घीय सरकारमा धेरै राजश्व राख्नु स्वाभाविक भए पनि प्रदेश सरकारमा अनावश्यक बजेट राखेर स्थानीय सरकारलाई रमिते बनाउनु पटक्कै राम्रो नभएको उनले बताएका छन् ।

राजनीतिक, आर्थिक र समाजिक मुद्दामा समान गर्नुपर्नेमा अधिकार तल दिनुहुँदैन भन्ने मानसिकता हाबी भएको उनको बुझाइ छ । स्थानीय तहको जनतामा नेतृत्व गर्न सक्दैन भन्ने सोच भएको समेत उनले बताएका छन् ।

सङ्घीय सरकारले मात्र देश चलाउनुपर्दछ भन्ने सोच छ, त्यसैले गर्दा यो व्यवस्थामा पनि जन आक्रोश बढ्न सक्दछ, त्यसमाथि पनि हरेक क्षेत्रमा प्रदेश र सङ्घीय सरकार हाबी हुदाँ काम गर्न असहज भएको समेत उपाध्यक्ष घिमिरेले बताए ।