
पोखरा, ७ भदौ । किवानिस इन्टरनेशनल डिष्ट्रिक्ट नेपालले चौथो कन्भेन्सनको तयारीलाई तीव्र बनाएको छ ।
भदौ ९ गतेदेखि ११ गतेसम्म पोखरामा हुने कन्भेन्सनको तयारीका क्रममा सोमबार कार्यक्रमको जिम्मेवारीसहित संयोजकहरुलाई परिचालन गरिएको छ ।
पोखराको ग्रान्ड होटेलमा हुने कन्भेन्सनको सम्पूर्ण तयारी पूरा भएको डिष्ट्रिक्ट गभर्नर एकराज पन्तले जानकारी गराए । उक्त अवसरमा बोल्दै गभर्नर पन्तले सुन्दर नगरी पोखरामा हुने चौथो कन्भेन्सनमा ५०० भन्दा बढी किवानिसहरुको उपस्थिति रहने विश्वास व्यक्त गरे ।
कन्भेन्सनको होस्ट किवानिस क्लब अफ मनकामना नेपालले गर्दैछ । कोरोना महामारी पछिको विषम परिस्थितिमा पोखरामा हुने किवानिसको कन्भेन्सनले यहाँको पर्यटकीय गतिविधिमा चहलपहल ल्याउने विश्वास गरिएको छ ।















प्रतिक्रिया