४ कार्तिक २०८३, बुधबार

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटीटीएच, करादीबजारमा पनि सेवा शुरू

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पीएसटीएन टू एफटीटीएच पूर्ण माइग्रेसन सफल भएको छ भने करादीबजारमा एफटीटीएच सेवा सुचारु भएको छ ।

जस्ले गर्दा अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्नेछन् । पीएसटीएन टू एफटीटीएच पूर्ण माइग्रेसन हुँदा आपूmले इच्छाएको इन्टरनेट स्पिड सहजै प्राप्त गर्नाका साथै प्रविधिमैत्री समाज निर्माणमा सहयोग पुगेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए ।

उनका अनुसार नेपाल टेलिकमले ग्रामीण भेगको दुरदराजदेखि सहरसम्मकै सेवामा कुनै गुनासो नआउने गरी उपभोक्तालाई प्रविधिसँग नजिक बनाउने नीति लिइएको छ ।

गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराइले नेपाल टेलिकमले प्रदान गरेको सेवाले नगरबासी सन्तुष्ट रहेको जानकारी दिँदै एफटीटीएच पूर्ण माइग्रेसनले सहरी सौन्दर्यतामा समेत सहयोग पुग्ने बताए ।

त्यसैगरि नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका प्रमुख रवि मानन्धरले एफटीटीएच सेवाको क्रमिक विस्तारले आम उपभोक्ताको जनजिवन विकसित बन्दै गएको बताउँदै अन्य प्राइभेट अपरेटरले विस्तारको गरेको सेवासँग नेपाल टेलिकमको सेवालाई तुलना गर्न नहुने बताए ।