२ कार्तिक २०८३, सोमबार

दीपेन्द्रले ल्याए मामा र भान्जीको सम्बन्ध दर्शाउने गीत ‘चुलबुल’

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लामो समय जापानमा बसेर पनि नेपाली गीत, सङ्गीत, कला, संस्कृतीमा अब्बल दीपेन्द्र अधिकारीको दोस्रो गीत ‘चुलबुल’ सार्वजनिक भएको छ ।

केही महिना अघि ‘मनमोहक पोखरा’ बोलको भिडियो सार्वजनिक गरेका उनले यसपटक भने मामा भान्जीको माया, आदर र स्नेहपूर्ण सन्देशमूलक गीत सार्वजनिक गरेका हुन् ।

‘मनमोहक पोखरा’ गीतमा पोखराको पर्यटकीय महत्व, प्राकृतिक सुन्दरता, पाहुनाको स्वागत् जस्ता विषयवस्तु वर्णन गरिएको थियो । यसपटक बनाएको गीत भने आफ्नी सात वर्षीया भान्जी आस्थाबाट प्रेरित भएर सिर्जना गरेको दीपेन्द्रले बताएका छन् ।

अधिकारीका अनुसार गीतबाट मामा भान्जीको सम्बन्ध, पारिवारिक न्यानो माया दर्शाउँदै बालबालिकादेखि अभिभावकहरुमा सामाजिक चेतनाको सन्देश दिन खोजिएको छ । सामान्यतया अहिलेका गीतहरु युगल जोडीका माया–प्रीतिमा आधारित बढी बन्ने गरेका छन् ।

यसबाहेक आमा, बुवा, दाजुभाइ, दिदीबहिनी जस्ता निकट सम्बन्धका बारेमा वर्णन गरिएका गीतहरु पनि छन्, तर ती नगण्य मात्रामा पाइन्छ । अधिकारीले भने मामा भान्जीबीचको सम्बन्धलाई सुन्दर पाराले बयान गर्दै नयाँ शैलीको गीत तयार गरेको पाइन्छ ।

डीए क्रिएसनको दोस्रो प्रस्तुतिका रुपमा ‘चुलबुल चुलबुल प्यारी भाञ्जी’ बोलको गीत सार्वजिनक भएको हो ।

बलबहादुर राजबंशी र तेरेसा विश्वकर्माको स्वर रहेको गीतमा महेश खड्का, आस्था पौडेल, नारायण अधिकारी, घनश्याम जोशी, बिमला अधिकारी, स्वराज अधिकारीको अभिनय देख्न सकिन्छ । बसन्त सापकोटाले संगीतबद्ध गरेको गीतलाई सांगीतिक संयोजन साहस शाक्यले गरेका छन् ।

गीतमा रेकर्डिस्टका रुपमा दिल सार्की र अजय कार्कीले भूमिका निर्वाह गरेका छन् । एकेस्टिक इन्टरनेशनल नेपालको स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङमा चन्द्र चौधरीको मेहनत छ । रोहन नेपालीको निर्देशनमा बनेको म्युजिक भिडियोका लागि शृंगारमा दीपु पौडेल, छायांकन उत्तम हुमागाइँ, पोस्ट प्रोडक्सनको काम राड स्टुडियो, क्रिएटिभ सपोर्टका काममा प्रकाश सुवेदी, भिडियो सम्पादनमा निशान घिमिरेले भूमिका निर्वाह गरेका छन् ।