
काठमाडौं, ६ भदौ । बैंक अफ काठमाण्डू लिमिटेड र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनबीच सम्झौता भएको छ ।
सम्झौतासँगै ललितपुरको महालक्ष्मीस्थानमा अवस्थित ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन’मा बैंक अफ काठमाण्डूका ग्राहकले १२% छूट पाउने भएका छन् ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले सो छूट पाउने बैंकले जनाएको छ ।
उक्त छूटको उपयोग गर्नका लागि बैंकका ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ ।















प्रतिक्रिया