४ कार्तिक २०८३, बुधबार

भारतले बोलाएन भनेर माधव नेपाललाई छटपटी भइरहेको छ : अध्यक्ष ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, ६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक भ्रमणका लागि भारतले नबोलाएकामा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई छटपटी भइरहेको बताएका छन् ।

आज सोमबार सिन्धुपाल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शेरबहादुर र प्रचण्डलाई बोलाएको भारतले आफूलाई नबोलाएको भन्दै छटपटी गरिरहेको बताएका हुन् । सम्बोधनका क्रममा भारतले नेपाली भूमि मिचिरहेको र फिर्ताका लागि वर्तमान सरकार र गठबन्धनका नेताहरूले केही नबोलेको चर्चा गर्दै ओलीले नेपालमाथि उक्त टिप्पणी गरेका हुन् ।

‘नेपालको भूमि मिचिएको छ, नक्सा जारी गरेर फिर्ता गर्ने प्रक्रिया हामीले शुरू गरिसकेका छौँ । तर, तपाइँहरू केही बोल्नै सकिरहनुभएको छैन,’ ओलीले माधव नेपालतर्फ इङ्गित गर्दै भने, ‘नेपालको भूमिबारे किन बोल्नुहुन्न ? तर, उहाँलाई शेरबहादुर र प्रचण्डलाई भारतले बोलायो, मलाई बोलाएन भनेर मात्र छटपटी भइरहेको छ ।’

ओलीले भारतले भोगचलन गर्दै आएको नेपाली भूमिबारे वर्तमान सरकार र गठबन्धनका नेताहरूले बोल्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आफ्नो नेतृत्वको तत्कालीन सरकारले नयाँ नक्सा जारी गरेको र नेपाली भूमि फिर्ता गर्न भारतलाई पत्राचार गरेको भए पनि वर्तमान सरकार र गठबन्धनका नेताहरूले त्यसलाई निरन्तरता नदिएको भन्दै उनले आक्रोशसहित चिन्ता व्यक्त गरेका छन् ।