४ कार्तिक २०८३, बुधबार

अभियान लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । अभियान लघुवित्त वित्तीय संस्था र कुमारी क्यापिटलबीच शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सम्झौता भएको छ ।

आज सोमबार एक कार्यक्रमकाबीच कुमारी क्यापिटल लिमिटेडका तर्फबाट पुष्प शर्मा र अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट रोशनकुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै अब अभियान लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्यहरु नागपोखरीमा अवस्थित कुमारी क्यापिटल लिमिटेडले गर्ने छ ।