
काठमाडौं, ६ भदौ । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि प्राडा गोपीलाल न्यौपानेले उम्मेद्वारी घोषणा गरेका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्यौपानेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि आफूले उम्मेदवारी दिन लागेको न्यौपानेको भनाइ छ ।
उनले मुलुकमा भएका पटक–पटकको राजनीतिक परिवर्तनले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन नसकेकोे आरोप लगाए । वर्तमान राजनीतिक नेतृत्वले अब बहुदलीय व्यवस्था नजोगाउने भन्दै उनले लोकतान्त्रिक गणतन्त्र पनि जोगाउन नसक्ने ठोकुवा गरे ।















प्रतिक्रिया