४ कार्तिक २०८३, बुधबार

मिनुस्का मिशनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनाका लागि अफ्रिकी गणतन्त्र मुलुक युनाइटेड नेशन मल्टिडिमेन्स्नल इन्टिग्रेटेड स्टाबलाइजेशन मिशन इन द सेन्ट्रल अफ्रिकन रिपब्लिक (मिनुस्का) कारमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।

त्यहाँ तैनाथ कालीजंग गणको लाइट इन्फ्रान्ट्री बटालियन (एलआईबी) पहिलो डफ्फाको एडभान्स टीम र सैनिक प्रहरी युनिटको सातौँ डफ्फालाई बदली गरिएको हो । उक्त टोलीलाई बदली गर्न सैनिक प्रहरी युनिट (शान्ति सेना)को आठौँ डफ्फाका सैनिकहरू आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रमुख सेनानी विजय बस्नेतको नेतृत्वमा ११६ जना नेपाली शान्ति सैनिक यूएन चार्टर्ड फ्लाइटमार्फत काठमाडौंबाट मिशन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा नेपाली सेनाले विगतदेखि नै विभिन्न यूएन मिशनहरूमा सहभागी भइ द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ खटिएर योगदान पुर्याउँदै आएको छ ।