
काठमाडौं । दरबारमार्गस्थित होटेल याक एण्ड यति शनिबार साँझ फेसनमय बन्यो ।
‘आईसी डिजाइनर रनवे ११’ नामक फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले १२ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गर्दा होटेलनै धपक्क बलेको देखिन्थ्यो ।

झिलिमिली सजावटसहित आयोजना भएको फेसन शोमा ७ भारतीय र २५ जना नेपाली मोडलले ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गरे । ७१ जना फेसन डिजाइनर नै आईसी कलेजका १९औं ब्याचका पास आउट विद्यार्थी हुन् ।

आईसी कलेजको आयोजनामा नेक्स्ट मोडल्स नेपालको निकै भब्य र व्यवस्थित म्यानेजमेन्ट गरेको फेसन शोमा पुर्व मिस नेपाल नम्रता श्रेष्ठ, अस्मि श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, रुविना थापा र अभिनेता आकाश श्रेष्ठ सो टपरको रूपमा र्याम्पमा देखिदा दर्शक मोहित भएका थिए ।

विगत धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको ‘आइसी डिजाइनर रनवे’ फेसन शो यस वर्ष झनै सब्य, भब्य र ऐतिहासिक रूपमा सम्पन्न भएको म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।

सेलिब्रेटी, भीआईपी, व्यवसायीलगायत विभिन्न प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको फेसन शोको कोरियोग्राफी अभिमन्यु सिंह तमोरको रहेको थियो ।

फेसन शो ‘आईसी डिजाइनर रनवे’ को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।
















प्रतिक्रिया