४ कार्तिक २०८३, बुधबार

टीभीएसले नारायणी क्षेत्रमा गर्‍यो एओजीको राइड आयोजना, ४० जना सहभागी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । टू–ह्वीलर्स कम्पनी टीभीएसले आफ्नो ग्राहकका लागि अपाचे ओनर ग्रुप (एओजी) नामक रोमाञ्चक राइड आयोजना गरेको छ ।

हिजो शनिबार चितवनको नारायणगढस्थित मल्लश्री मोटर्स प्रालिबाट सौराहाको होटेल पार्कल्याण्डसम्म उक्त राइडको आयोजना गरेको कम्पनीले जनाएको छ । राइड आयोजनामा ४० जना राइडरले सहभागिता जनाएका थिए ।

त्यस क्रममा सहभागी वसन्त रानाले सवारी तथा सडक सुरक्षासम्बन्धी जानकारी समेत दिएका थिए । उनले भने ‘हामीले सडक सुरक्षासम्बन्धी थप जानकारी दिने मौका पाएका छौं । यो हाम्रो लागि गर्वको कुरा हो । नेपालको पर्यटकीय स्थल चितवनमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौं ।’

त्यस क्रममा ब्लगर अरुण लम्सालले पनि आफ्नो तर्फबाट मन्तब्य व्यक्त गरेका थिए । उनले अन्य ब्राण्डले यस किसिमको कार्यक्रम चितवन क्षेत्रमा नगरेको बताउँदै टीभीएसले गरेकोमा खुशी व्यक्त गरे ।

टीभीएसले हालसम्म एओजी राइड कार्यक्रमअन्तर्गत काठमाडौं, कोशी, गण्डकी र लुम्बिनी च्यापटरमा सम्पन्न गरिसकेको बताएको छ । यो अभियानमा सहभागीहरुले यसलाई अधिक मन पराएको पाइएको छ । यो कार्यक्रम आगामी समय सेती, बाँके र मेची च्याप्टरमा गर्ने अभियान रहेको पनि कम्पनीले जानकारी दिएको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टू–ह्वीलर्सका लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ कम्पनीले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको कम्पनीको दाबी छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सबैभन्दा बढी रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको दाबी पनि कम्पनीको छ ।