४ कार्तिक २०८३, बुधबार

नेकपा माओवादी केन्द्रको नीति र नेतृत्वमा नै देश अगाडि बढिरहेको छ : महरा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, ५ भदौ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जोखबहादुर महराले माओवादी केन्द्रको नेतृत्व र नीतिमा देश अगाडि बढिरहेको बताएका छन् ।

माओवादी केन्द्र रोल्पाद्वारा आइतबार रोल्पाको लिबाङमा आयोजित जनवर्गीय संगठन, मोर्चा, विभागहरूको समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै महराले सो कुरा बताएका हुन् ।

माओवादी केन्द्र सधैं सम्पूर्ण विभेदको लागि लड्ने पार्टी भएकाले यसलाई अझै जनताको बीचमा लैजान पार्टीका जनवर्गीय सङ्गठन मोर्चाहरूको महत्पूर्ण योगदान रहने बताउँदै उनले विभेदको विरुद्धमा लडिएको आन्दोलनलाई नयाँ ढङ्गले विकास गर्दै अगाडि बढाउनुपर्ने आवश्यकता रहेको पनि बताएका छन् ।

नेपालको जनमुक्ति आन्दोलनमा उत्पीडित समुदाय, वर्ग, लिङ्ग, क्षेत्रहरूको महत्पूर्ण सहयोग गरेको चर्चा गर्दै उनले सोही कारणले नेपालमा जनयुद्ध सफल भएको स्मरण गरे ।