
काठमाडौं, ५ भदौ । ग्याब्रियल इन्डिया लिमिटेडका सीओओ अमिताभ श्रीवास्तवले नेपाली बजारमा हाल उपलब्ध ग्याब्रियलका उत्पादनको बिक्री आगामी दुई वर्षभित्र तेब्बर बनाउने लक्ष्य रहेको बताएका छन् ।
ग्याब्रियल इन्डियाको नेपालका लागि आधिकारिक वितरक एसडीआई अटोमोबाइल्सले शनिबार आयोजना गरेको ‘कस्टमर मिट’लाई सम्बोधन गर्दै सीओओ श्रीवास्तवले आगामी दिनमा ग्राहकका लागि थप गुणस्तरीय सामग्री उपलब्ध गराउने र नेपाली बजारलाई कम्पनीले विशेष प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
त्यस्तै ग्याब्रियल इन्डियाका जनरल म्यानेजर एसके रमनले नेपालमा ग्याब्रियलका स्पेयर पार्ट्स आगामी दिनमा अझै प्रयोगमा आउने र यसका लागि कम्पनीले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा एसडीआई अटोमोबाइल्सका चेयरम्यान दीपेन्द्र मिश्र र डाइरेक्टर सञ्जिव हमालले सबै रिटेलरहरूलाई स्वागत गर्दै आगामी दिनमा एक अर्कामा सहयोग कायमै रहने विश्वास व्यक्त गरे । काठमाडौंमा आयोजित उक्त कार्यक्रममा देशभरका रिटेल व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा ग्याब्रियलका सक एब्जर्बर, फ्रन्ट फोर्क्स, इनर ट्युब, फ्रन्ट फोर्क्स आयल, आयल सिल, एफएफ स्प्रिङ, बुस्किट, ओसी स्प्रिङ, ह्विल रिम, ब्रेक फ्लुइड आदि उपलब्ध छन् ।
ग्याब्रियल भारतमा आनन्द ग्रुपको एक हिस्सा हो । सन् १९६१ मा ग्याब्रियलबाटै आनन्द ग्रुपको व्यवसाय प्रारम्भ भएको थियो । त्यो समयमा एक कम्पनी र वार्षिक टर्नओभर १ करोड हुने गरेकोमा सन् २०२१ सम्मको अवधिमा २० कम्पनी र १३ हजार करोडको टर्नओभर हुने गरेको छ ।

पहिले महाराष्ट्रमा मात्र प्लान्ट रहेकोमा अहिले ६० स्थानमा प्लान्ट उपलब्ध छन् । पहिले सक एब्जर्बरको मात्र व्यवसाय भएकोमा अहिले यस्ता २५ पार्ट्सको व्यवसाय गरिरहेको छ । पहिले एक राज्यमा मात्र व्यवसाय भएकोमा अहिले ११ राज्यमा छ । पहिले कम्पोनेन्ट म्यानुफ्याक्चरर रहेकोमा अहिले सिष्टम सप्लायर समेत भएको छ ।
विश्वमा यो कम्पनी हाल आठौ नम्बरमा रहेको छ । आगामी ३ वर्षभित्र पाँचौं नम्बरमा रहने योजना छ । सीओओ श्रीवास्तवले भने, ‘यद्यपि यो निकै नै कठिन कार्य हो । यसका लागि सबैको सहयोग आवश्यक हुन्छ ।’ ग्याब्रियलले यो वर्ष ३ हजार करोडको व्यापार गर्ने योजना बनाएको उनले बताए ।
दुई पाङ्ग्रेदेखि हेभी इक्विपमेन्ट र रेल्वे सम्म सबै प्रकारका सवारी साधनमा आनन्द ग्रुपको कुनै एउटा पार्ट्स अवश्य प्रयोग भएको कम्पनीको दाबी छ ।
हाल कम्पनीमा करिब ४ हजार कर्मचारी कार्यरत छन् र ११ वटा प्लान्ट छन् । पुना, नासिक र होसुर गरी तीन स्थानमा आर एन्ड डी फ्यासिलिटी छ । अष्ट्रेलिया, साउथ इस्ट एसिया, एसिया, युरोप, मिडिल इष्ट, अफ्रिका, नर्थ अमेरिका र साउथ अमेरिकामा ग्याब्रियलका सक एब्जर्बर उपलब्ध छन् ।















प्रतिक्रिया