४ कार्तिक २०८३, बुधबार

राजकीय सम्मानका साथ काङ्ग्रेस नेता गिरिको अन्त्येष्टि, छोरा तथा भतिजाले दिए दागबत्ती

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको राजकीय सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री एवम् काङ्ग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँणलगायत मन्त्री र सांसदहरू पशुपति आर्यघाट पुगेका थिए ।

गिरिलाई उनका छोरा सन्तोष र भतिजाहरु प्रन्ययन तथा सन्दर्भ गिरिले दागवत्ती दिएका छन् ।