
काठमाडौं, ५ भदौ । विशेष बैंकिङ सेवा प्रदान गर्न माछापुच्छ्रे बैंक र फ्री एडुकेशनल कन्सल्टेन्सीज अर्गनाइजेशन नेपाल (फेकन)बीच सम्झौता भएको छ ।
सम्झौतामा फेकनका अध्यक्ष बासु नेपाल र माछापुच्छ्रे बैंकका प्रमुख व्यवसाय अधिकृत टीका भट्टराईले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाई बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ सेवा सरल र सहज रुपमा उपलब्ध गराउने छ । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा आवद्ध कन्सल्टेन्सीहरुलाई निक्षेप खाता, शैक्षिक कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहरूमा विशेष सहुलियत प्रदान गर्ने छ ।
साथै उक्त सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकले फेकनसँग आवद्ध कन्सल्टेन्सीहरुबाट सजिलै शैक्षिक शुल्क भुक्तानी गर्न समेत सक्ने छन् ।
माछापुच्छ्रे बैंकले हाल ७ वटा प्रदेशमा १६५ वटा शाखा, ९ वटा एक्सटेन्सन काउन्टर, १६७ वटा शाखारहित बैंकिङ्ग सेवा तथा २०७ वटा एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया