४ कार्तिक २०८३, बुधबार

दश दल आबद्ध डेमोक्रेटिक सोसलिस्ट एलायन्सले एउटै चिह्न ‘गितार’ लिएर चुनाव लड्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । विभिन्न दश वटा दल आबद्ध डेमोक्रेटिक सोसलिस्ट एलायन्स (डीएसए) ले आगामी निर्वाचनमा ‘गोलाकारभित्रको गितार’ साझा चुनाव चिह्न लिएर चुनाव लड्ने घोषणा गरेको छ ।

आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी डीएसएले सो जानकारी दिएको हो । डीएसएका अध्यक्ष सीबी गहतराजको अध्यक्षतामा गत भदौ १ गते बसेको बैठकले साझा चुनाव चिह्न गोलाकारभित्रको गितारलाई बनाउने निर्णय गरेको थियो ।

डीएसएले संयुक्त कार्यक्रम र भेलाहरूको समेत आयोजना गर्ने भएको छ । जसअनुसार आगामी भदौ ७ गतेदेखि प्रदेश १ बाट शुरू भई भदौ २३ गते सुदूरपश्चिम प्रदेशमा समापन हुनेगरी प्रत्येक जिल्लाबाट कार्यकर्ता परिचालन गरी भेला गर्ने निर्णय गरेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ ।

डीएसएमा आबद्ध दलहरुले साझा चुनाव चिह्न गोलाकारभित्रको गितारलाई आफ्नै पार्टी, दल वा मोर्चाको चुनाव चिह्नका रूपमा आफ्ना मतदाता, शुभेच्छुक, समर्थक तथा आम जनतामाझ व्यापक रूपमा चिनाउन र प्रचारप्रसार गर्न समेत आग्रह गरिएको छ ।साथै, केन्द्रीय कार्यक्रमअन्तर्गत काठमाडौंको प्रज्ञा भवनमा गरिने कार्यक्रममा प्रत्येक प्रदेशबाट ब्यापक सहभागी गराउनले समेत निर्णय गरेको छ ।

अध्यक्ष गहतराजले अहिले देशमा गणतान्त्रिक व्यवस्था कायम भए पनि फोटोकपीको रुपमा मात्र काम भइरहेको बताएका छन् । अहिलेको व्यवस्थाले राष्ट्रिय गणतन्त्रको अनुभुति जनतालाई गराउन नसकेको गुनासो उनको छ ।