४ कार्तिक २०८३, बुधबार

झापामा ६ वर्षीया बालिका बलात्कृत

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिकात्मक तस्वीर

झापा, ५ भदौ । झापामा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

ती बालिकालाई बलात्कार गरेको अभियोगमा बारा जिल्ला घर भई कन्काई नगरपालिका–४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

सामहम्दले ती बालिकालाई शुक्रबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।