४ कार्तिक २०८३, बुधबार

प्रहरी प्रधान कार्यालयमा श्रव्यदृश्य आधारभूत तालिम उद्‌घाटन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जले श्रव्यदृश्य आधारभूत तालिम शुरू गरेको छ ।

प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखामा सञ्चालन हुने चौथो समूहको श्रव्यदृश्य आधारभूत तालिमको प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आइतबार उद्‌घाटन गरे ।

कुल ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ४ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १ जना र प्रहरी जवान १३ जना गरी जम्मा २० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।

तालिमपश्चात प्राप्त हुने ज्ञान र शीपबाट श्रव्यदृश्य सामग्री निर्माणमा थप व्यावसायिक बन्न प्रशिक्षार्थीहरूलाई सहयोग पुग्ने विश्वास गरिएको छ ।