काठमाडौं, २२ वैशाख । भूकम्पबाट क्षतिग्रस्त संरचना हटाउने कार्यमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले हातेमालो गर्नुभएको छ । अध्यक्ष थापा सोमबारदेखि श्रमदान गरेर भूकम्पबाट भत्किएका संरचना हटाउने कार्यमा लाग्नुभएको हो ।
भुकम्पबाट क्षति भएका भवनहरुको भग्नाबशेष हटाउने काममा अध्यक्ष थापाले बिगत २ दिन देखि श्रमदान गरिरहनुभएको छ । सोमबार उहाँले राजधानीको सितापाइलामा भत्किएका संरचना हटाउने कार्यमा साथ दिनुभएको थियो । त्यस्तै मंगलबार अध्यक्ष थपाले धर्मस्थली क्षेत्रमा जनश्रमदान गर्नुभयो ।
अध्यक्ष थापासंगै अन्य पदाधिकारी सदस्यहरु र जनबर्गिय संगठनका कार्यकर्ताहरु श्रमदानबाट भत्किएका संरचना हटाउने कार्यमा लागेका छन् । श्रमदान गर्ने क्रममा डोजर पनि परिचालन गरिएको छ ।
यो अभियान केही समयसम्म निरन्तर चल्ने बताईएको छ भने पार्टीका केन्द्रीय सदस्य नेपाली सेनाका अबकाश प्राप्त सहायक रथी भरत रायमाझीले यसको समन्वय गरिरहेका छन् ।
बिनाशकारी महाभूकम्पले धेरै ठुलो जनधनको क्षति पुगेको र मुलुकलाई थप पछाडि धकलेकोमा थापाले चिन्ता व्यक्त गरेका छन् । सबै मिलेर पुनर्निर्माणमा लाग्नुपर्नेमा उनको जोड छ । जनश्रमदान प्रभाबकारी र ब्यबस्थित बनाउन योजनाबद्ध तयारी भैरहेको पार्टीका केन्द्रीय सदस्य एबम सचिवालय सदस्य राजाराम बर्तौलाले बताए ।















प्रतिक्रिया