४ कार्तिक २०८३, बुधबार

वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा माओवादीले बनायो चुनावी घोषणपत्र तयारी समिति

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । नेकपा माओवादी केन्द्रले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय चुनावी घोषणापत्र तयारी समिति बनाएको छ ।

शनिबार बसेको स्थायी समिति बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न समिति बनाएको हो ।

समितिमा देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम रम्तेल, अमृता थापा हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, विष्णु चौधरी, भीमा ढुंगाना र जगत शिम्खडा रहने छन् ।