४ कार्तिक २०८३, बुधबार

सार्वजनिक यातायातका यात्रुलाई बिस्कुट खान दिएर काठमाडौंमै लुटपाट

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । सार्वजनिक सवारी साधनमा सँगै यात्रा गरिरहेका यात्रुलाई बिस्कुट खान दिई काठमाडौंमै लुटपाट भएको छ ।

लुटपाटको घटनामा संलग्न रहेको अभियोगमा अभियोगमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका–७ बस्ने ४९ वर्षीय रामबहादुर परियारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग. १ ख ९७१५ नम्बरको बसमा सवार परियारले आफूसँगै सीटमा सवार यात्रुलाई बिस्कुटमा स्लिपिङ्ग ट्याब्लेट मिसाई खुवाई बेहोस बनाई धनामाल चोरी गरेको प्रहरीले बताएको छ ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी साधन तथा यात्रुहरुलाई जाँच गर्ने क्रममा परियारलाई पक्राउ गरेको हो । बेहोस भएका यात्रुलाई उपचारको लागि अस्पताल पठाइएको छ ।

साथै परियारको साथबाट ओरियो बिष्कुट ३ प्याकेट, घडी ४ थान, पर्स २ थान, एटीएम कार्ड २ थान, नगद १४ हजार ५२० रूपैयाँ, सुनचाँदी पसलको बिल २ थान, मोबाइल ४ थान, पावर बैंक १ थान, सिम कार्ड ४ थान र स्लिपिङ ट्याब्लेट (५ ट्याब्लेटसहित)को पत्ता २ थान प्रहरीले बरामद गरेको छ ।

परियारउपर चोरी तथा डाँकासम्बन्धी कसूरमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ ।