
काठमाडौं, ४ भदौ । नेपाली काङ्ग्रेसले आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरेर भदौ १० गतेदेखि ‘जनताको साथमा काङ्ग्रेस’ नाराका साथ गाउँ जाने बताएको छ ।
भदौ १० गतेदेखि २४ गतेसम्म पहिलो चरणको अभियान सञ्चालन गर्न लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सो पार्टीले १५ दिने उक्त अभियानमा ७७ जिल्लामा पार्टीका प्रतिनिधिहरू खटिने पार्टी प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलनमा जानकारी दिए ।
जिल्लामा खटिने प्रतिनिधिहरूलाई आइतबार एउटा अभिमुखी कार्यक्रमसमेत राखिएको छ । यो अभियानमा विशेष गरेर जनताको बीचमा जाने, जनताको कुरा सुन्ने र आत्मसात गर्ने काम हुने उनले बताए ।
‘नेपाली कांग्रेसको नेतृत्वमा के–के काम भए भनेर जनतामा प्रस्तुत हुन्छौँ । चुनावमा तालमेल गरेर जाने विषयमा जानकारी लिनेछौँ र यसको आवश्यकताको बारेमा पनि चर्चा गर्नेछौँ,’ पत्रकार सम्मेलनमा महतले भने ।
दोस्रो चरणमा समानुपातिकको उम्मेदवारी दर्तापछि जनताको बीचमा जाने अभियान सञ्चालन गर्ने र निर्णायक अभियान प्रत्यक्ष तर्फका उम्मेदवार तय भएपछि अभियान सञ्चालन गरिने पनि महतले बताए ।















प्रतिक्रिया