४ कार्तिक २०८३, बुधबार

स्यानिटरी प्याड काठमाडौंमै उत्पादन शुरू, स्वास्थ्यमन्त्री खापुङले गरे उद्योग उद्घाटन

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । महिनावारीका बेला महिलाहरूले प्रयोग गर्ने स्यानिटरी प्याड अब काठमाडौंमै उत्पादन शुरू भएको छ ।

काठमाडौंमा सहयोगी स्यानिटरी प्याड उद्योगगको स्थापना गरी ‘रोयल विङस’ नामक प्याड उत्पादन तथा विक्रीवितरण शुरू गरिएको हो । पछिल्लो समय जनचेतना वृद्धिका कारण स्यानिटरी प्याडको प्रयोग गर्नेहरूको संख्या बढ्दै गएकाले प्याड उद्योग सञ्चालन गरिएको सहयोगी स्यानिटरी प्याड उद्योगका सञ्चालक गोमा खनालले बताइन् ।

सहयोगी स्यानिटरी प्याड उद्योगको स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले उद्घाटन गरेका छन् । उद्योगकी अध्यक्ष अध्यक्ष गोमा खनालको सभापतित्वमा सम्पन्न भएको उद्घाटन समारोहमा प्रमुख अतिथि मन्त्री खापुङ, विशेष अतिथिहरू घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रशाद सिंह, पूर्व सहसचिव सुशील पाण्डे, काठमाडौं स्कुल अफ मेडिकल टेक्नोलोजीका डाइरेक्टर अमर अमात्य, मिस्ट कलेजका प्रमुख दीपेन्द्र यादव, एमएनबि बैंकका शाखा प्रमुख, समाजसेवी संचारकर्मी तथा कलाकार सूर्य चन्द लागायतको उपस्थिति थियो ।

स्यानिटरी प्याड प्रयोग गर्ने किशोरी तथा महिलाहरूको संख्या बढ्दै गएको समयमा देशका विभिन्न शहरहरूका साथै भारतबाट आयात गरिएका प्याड भन्दा नेपाली उद्योगमा उत्पादित प्याड सस्तो, गुणस्तरीय र राम्रो भएको खनालको दाबी छ ।

‘अझै पनि विभिन्न जिल्लाको ग्रामीण भेगका किशोरी तथा महिलाहरूले महिनावारी भएको बेला रुमाल, कपडा प्रयोग गर्नुहुन्छ, सफा नभएको, नधोएको, घाममा नसुकाएको प्याडको प्रयोग गर्नुहुन्छ । जसले गर्दा विभिन्न संक्रमण देखा पर्दछ, उपचारको लागी हजारौँ रुपैयाँ खर्च गर्नुपर्छ,’ उनले भनिन्, ‘सेनेटरी प्याड किन्दा केही महँगो पर्दछ्, तर स्वास्थ्यमा केही समस्या आउँदैन्, प्रयोग गर्ने सजिलो पनि हुन्छ ।’

लामो समय इजराइल बसेर नेपाल फर्किएर आफ्नै देशमा उद्योग सञ्चालन गरी विदेशिन बाध्य नेपाली युवाहरुलाई रोजगार दिन सफल गोमा खनाल सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय महिलाको रुपमा परिचित छिन् ।