
काठमाडौं, ४ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको उपाध्यक्ष, महामन्त्री, सहायक महामन्त्री र सहायक प्रवक्तामा विभिन्न व्यक्तिलाई मनोनित गरेका छन् ।
उनले संखुवासभाका दिलनाथ गिरी र ललितपुरका श्यामप्रसाद तिमिल्सिनालाई उपाध्यक्ष, काठमाडौंका केशवराज श्रेष्ठलाई महामन्त्री पदमा मनोनित गरेका छन् ।
त्यस्तै भक्तपुरका रामसुन्दर बिष्ट र कपिलवस्तुका दिनेशचन्द्र गुप्तालाई सहायक महामन्त्री तथा काठमाडौंकी सुस्मिता सुवेदीलाई सहायक प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
पार्टीको विधान बमोजिम मनोनित भएकामध्ये गिरी, तिमिल्सिना र श्रेष्ठ हालै राप्रपा छोडेर राप्रपा नेपालमा प्रवेश गरेका थिए । उनीहरूसँगै राप्रपा नेपाल प्रवेश गरेका दिलविकास राजभण्डारी भने फेरि राप्रपामै फर्किसकेका छन् ।
















प्रतिक्रिया