चरीकोट (दोलखा), २२ वैशाख । नेपाली सेनाको हेलिकोप्टरले आज ३३ जनाको उद्धार गरेको छ ।
उद्धार गरिएकामा २५ यार्सागुम्बा सङ्कलक र आठ चिनियाँ छन् । उनीहरुलाई लामाबगरबाट उद्धार गरिएको चरीकोटस्थित बर्दबहादुर गणका सेनानी राजन दाहालले जानकारी दिनुभयो ।
यार्सा सङ्कलक एघार दिनदेखि अलपत्र थिए । आज उद्धार गरिएका चिनियाँ माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाको सिने हाइड्रो कम्पनीमा काम गर्ने मजदुर हुन् । रासस















प्रतिक्रिया