४ कार्तिक २०८३, बुधबार

प्रदीप गिरिको स्वास्थ्यलाभका लागि ‘प्रार्थना सभा’, स्वास्थ्यमा सुधार आउने विश्वास

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरि यतिबेला ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन् ।

घाँटीको क्यान्सरबाट लामो समयदेखि पीडित नेता गिरिलाई पछिल्लो समय निमोनियाले समेत सताइरहेको छ । साउन दोस्रो सातादेखि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिको स्वास्थ्यवस्था झन्–झन् बिग्रिदै गएपछि उनलाई भेट्न पार्टीका नेताहरू र सुभेच्छुकहरूको बाक्लो भीड अस्पतालमा लाग्न थालेको छ ।

मेडिसिटी अस्पतालमा उपचाररत नेता गिरि ।

यसै क्रममा आज शुक्रबार अस्पताल पुगेका पार्टीका नेताद्वय बिमलेन्द्र निधि र रामहरि खतिवडाले नेता गिरिबारे भावुक प्रतिक्रिया जनाएसँगै सुभेच्छुक तथा शुभचिन्तकहरूले देशभरबाटै उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

यसैबीच उनको स्वास्थ्यलाभको कामनाकै लागि आज ‘प्रार्थना सभा’ समेत आयोजना गरिएको छ । धेरैले प्रार्थनामा विश्वास भएकाले गिरिको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरेका छन् ।

त्यसो तथा पार्टीका नेता बिमलेन्द्र निधिले गिरिको स्वास्थ्यमा सुधारका लागि ईश्वरसँग प्रार्थना गर्न सबैलाई आग्रह गरेका छन् भने रामहरि खतिवडाले गिरिलाई छिटोभन्दा छिटो स्वस्थ भएको देख्न पाउँ भन्दै भगवानसँग अनुरोध गरेका छन् ।

जीवित भएकामध्ये गिरि सबैभन्दा नैतिक, तर्कसंगत र बौद्धिक नेता भएको तथा उनको बोली र व्यवहार देशलाई अझै खाँचो रहेको चर्चाका साथ उनलाई सम्पूर्ण नेपालीजनहरूले स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।