
काठमाडौं, ३ भदौ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्यलाभको कामना गरेका छन् ।
‘नेपाली काङ्ग्रेसका नेता, समाजवादी चिन्तक एवम् वौध्दिकता र प्रज्ञाका खानी आदरणीय प्रदीप गिरि दाइको स्वास्थ्यलाभको कामना !,’ नेता ज्ञवालीले ट्विट गर्दै स्वास्थ्यलाभको कामना गरेका हुन् ।

घाँटीको क्यान्सरबाट लामो समयदेखि पीडित नेता गिरिलाई पछिल्लो समय निमोनियाले समेत सताएपछि नेता गिरि साउन दोस्रो सातादेखि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्यवस्था झन्–झन् बिग्रिदै गएपछि उनलाई भेट्न पार्टीका नेताहरू र सुभेच्छुकहरूको बाक्लो भीड अस्पतालमा लाग्न थालेको छ भने अस्पताल पुग्न नसकेकाहरूले पनि स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
यसै क्रममा आज शुक्रबार अस्पताल पुगेका पार्टीका नेताद्वय बिमलेन्द्र निधि र रामहरि खतिवडाले नेता गिरिबारे भावुक प्रतिक्रिया जनाएका छन् । नेता निधिले गिरिको स्वास्थ्यमा सुधारका लागि ईश्वरसँग प्रार्थना गर्न सबैलाई आग्रह गरेका छन् भने खतिवडाले बोलाउँदा गिरिले बोल्ने प्रयासै नगरेको उल्लेख गरेका छन् ।
नेताद्वयको यो प्रतिक्रियाले गिरिको स्वास्थ्यवस्था थप जटिल गम्भीर बनेको स्पष्ट हुन्छ ।
नेपाली काङ्ग्रेसका नेता, समाजवादी चिन्तक एवं वौध्दिकता र प्रज्ञाका खानी आदरणीय प्रदीप गिरी दाइको स्वास्थ्यलाभको कामना !
— Pradeep Gyawali (@PradeepgyawaliK) August 19, 2022















प्रतिक्रिया