मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

आफ्नो टास्क छिटो पूरा गर्न कार्यदललाई गठबन्धनका शीर्ष नेताको निर्देशन

साझा अवधारणा बनाउने जिम्मा पनि कार्यदललाई नै

दैनिक नेपाल २०७९ भदौ ३ गते २०:२९

काठमाडौं, ३ भदौ । सीट बाँडफाँटका लागि सत्ता गठबन्धन दलहरूले बनाएको ११ सदस्यीय कार्यदललाई आफ्नो काम छिटो पूरा शीर्ष नेताहरूले निर्देशन दिएका छन् ।

आज शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको शीर्ष नेताहरूको बैठकले कार्यदललाई यस्तो निर्देशन दिएको हो । कार्यदलले अहिलेसम्म सीट बाँडफाँटको स्पष्ट आधार समेत तयार पार्न सकिरहेको छैन ।

यसैबीच आजको सो बैठकले सत्तारुढ गठबन्धनका साझा अवधारणा बनाउने जिम्मा पनि कार्यदललाई नै दिने निर्णय गरेको छ । यो सँगै आगामी प्रदेश तथा प्रतिनिधिसभाका लागि कार्यदलले नै साझा अवधारणा निर्माण गर्नुपर्ने छ ।

कार्यदलले साझा अवधारणा बनाएपछि शीर्ष नेताको बैठक बस्ने र त्यसले निर्णयहरूलाई अन्तिम रूप दिने बताइएको छ ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा यसअघि ११ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा कांग्रेसबाट नेता सिटौला, महामन्त्री गगन थापा, सञ्चारमन्त्री कार्की, नेकपा माओवादी केन्द्रबाट नेताहरु वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रतिक्रिया
सम्बन्धित