
काठमाडौं । शान्तिप्रियको मौलिक तीज गीत ‘छुनुमुनु गर्दै…’ सार्वजनिक भएको छ ।
सीसी नेपाल च्यानलबाट गीत सार्वजनिक गरिएको हो । नेपाली मौलिक पर्व तीजको अवसर पारेर गीत सार्वजनिक गरिएको हो । तीजका अवसरमा विकृतिस्वरुप धेरै अघिबाट तीज गीतहरु सार्वजनिक गर्ने गरिए पनि आफूले तीजको छेकोमा मात्रै गीत ल्याउने गरेको शान्तिप्रियको भनाइ छ ।
‘छुनुमुनु गर्दै…’ तीज गीतको शब्द शान्तिप्रियले लेखेका हुन् । गीतलाई संगीत संयोजन एवम् संगीत राकेश सोनीले गरेका छन् । बिन्दु बीसीको आवाजमा तीज गीतआएको छ । प्रिज्म रेकर्डिङमा कमल थापा र गोबिन्द अनेकले रेकर्डिङ गरेको गीतलाई श्यामश्वेत रसाइलीले ध्वनीमुद्रण गरेका हुन् ।
चल्तीका कोरियोग्राफर एवम् निर्देशक हेरुका लामाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा अप्सरा पुरी, वर्षा तामाङ एवम् झरना परियारलाई फिचरिङ गरिएको छ ।















प्रतिक्रिया