
काठमाडौं, ३ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर गरिएको ४ हजार ९४५ जनाको नमूना परीक्षणबाट ६२३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६२१ जनाको आरटी–पीसीआर गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९४ हजार ८५९ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । पछिल्लो विवरण अनुसार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९० जना छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ७७ हजार ८४५ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ३ प्रतिशत हो ।
अघिल्लो दिन देशभर ६ हजार ३८३ जनाको नमूना परीक्षण गर्दा ८५२ जनामा संक्रमण पुष्टि भएको थियो भने उक्त दिन ३२८ जना संक्रमित संक्रमणमुक्त भएका थिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २४ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ६६ हजार ९२९ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ५ हजार २४ जना आइसोलेसनमा छन् ।















प्रतिक्रिया