
काठमाडौं, ३ भदौ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले विभिन्न ११ वटा जिल्लामा ३२ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गर्ने बताएको छ ।
पछिल्लो समय हिमाली जिल्लाहरूमा आफ्नो बाक्लो उपस्थिति जनाउँदै गएको परिषद्ले ११ वटा हिमाली जिल्लाहरूमा शैक्षिक सामग्रीहरू वितरण गर्ने जनाएको हो ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर परिषद्ले कक्षा ११ र १२ मा अध्ययनरत १ हजार ८१० जना विद्यार्थीहरूलाई ३२ लाख २७ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गर्न लागेको जानकारी दिएको हो ।
परिषद्को सेवाकार्यअन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम २०७९ मा सिन्धुपाल्चोक, दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हम्ला जिल्लामा शैक्षिक सामग्री वितरण गर्ने भएको हो ।
यस्तो छ परिषदले जारी गरेको प्रेश विज्ञप्ती
शैक्षिक सामग्री वितरण कार्यक्रम २०७९ को जानकारी ।
राष्ट्र प्रथम भावका साथ नैतिकवान् चरित्रवान् र संस्कारित युवा शक्ति ने राष्ट्रको मेरुदण्ड हो भन्ने विचार र चिन्तनको संवाहक प्राज्ञिक विद्यार्थी परिषद् नेपाल राष्ट्र पुनःनिर्माणको बहुआयमिक सन्दर्भमा शिक्षा क्षेत्रमा दलगत राजनीति भन्दा माथि रहेर कार्य गर्ने नेपालको एकमात्र स्वतन्त्र विद्यार्थी संगठन हो ।
२०५२ सालमा स्थापना भई २०५४ सालमा विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौमा दर्ता भएपछि परिषद्को कार्य निरन्तर देशका ७७ वटै जिल्लाका शिक्षण संस्था, माध्यमिक तह (कक्षा ११ र १२ क्याम्पस तथा विश्वविद्यालयहरूमा विस्तार हुँदै गयो । परिषद्ले विद्यार्थी, शिक्षक शिक्षाविदहरूलाई एउटै मञ्चमा ल्याएर सहकार्य गरी राष्ट्रलाई परम् वैभवको स्थितिमा पुयाउनका लागि समाजका हरेक अङ्गमा व्यक्ति असल, इमान्दार र चरित्रवान् हुन जरुरी छ भन्ने आवश्यकता एवं यथार्थ मान्यतालाई प्रष्ट पार्दै आइरहेको छ । अतः विद्यार्थीहरूलाई सक्रियरूपमा राष्ट्र निर्माणको कार्यमा समाहित हुन परिषद्ले प्रेरणा प्रदान गर्दै आइरहेको छ । शैक्षिक परिवारको सपनामा आधारित यस संगठनले रचनात्मक कार्यहरूका माध्यमबाट व्यक्तिको सर्वाङ्गीण विकास गर्दै विधीहरूको हक र हितका लागि विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दछ।
जीवननोपयोगी सीपमा आधारित व्यक्तित्व विकास तालिम छात्राहरूका लागि मिसन साहसी कार्यक्रम, निःशुल्क कम्प्यूटर तालिम, कोचिङ कक्षा, बालसंस्कार कार्यक्रम, सरसफाइ अभियान, वृक्षारोपण, प्रतिभा सम्मान, रक्तदान शिविर तथा सेवा कार्य तर्फ २०२७२ मा गएको विनाशकारी भुकम्पबाट प्रभावित जिल्लाहरूमा राहत तथा शैक्षिक सामग्री वितरण, कोरोना महामारीको समयमा देशभर सेवाकार्य सञ्चालन २०७० सालमा बाढी प्रभावित क्षेत्रमा राहत वितरण, रौतहटमा यादी प्रभावित र वारा तथा पर्सामा हावाहुरी प्रभावित विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण आदि यसका केही उदाहरण हुन् ।
यसै क्रममा परिषदको सेवाकार्यअन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम २०७९ रहेकी छ जसमा हिमाली क्षेत्रका जिल्लाहरू सिन्धुपाल्चोक, दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हम्ला जिल्लामा शैक्षिक सामग्री वितरण गरिने छ ।
नेपालका हिमाली भेगमा अध्ययनरत विद्यार्थीहरूको आवश्यकतालाई महसुस गरी ११ वटा जिल्लाका कक्षा ११ र १२ मा अध्ययनरत १८ सय १० जना विद्यार्थीहरूलाई ३२ लाख २७ हजार लागत मूल्य रहेको व्याग कपी पिक्स पुस्तक जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायतका शैक्षिक सामग्रीहरू वितरण गरिने व्यहोरा जानकारी गराउदछौं ।
उक्त शैक्षिक सामग्री प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आग्रहलाई स्वीकार गरी भारतीय जनता र भारत सरकारको सहगोगबाट प्राप्त भएको हो विद्यार्थीहरूमा नै राष्ट्रको भविष्य र वर्तमान निहित हुने भएकाले विद्यार्थीहरूलाई आवश्यक सहयोग गर्नु तपाई हामी सबैको दायित्व हो । विद्यार्थी परिषद्को यो सार्थक प्रयासमा यहाँहरू सबैको आवश्यक सहकार्य र समन्वय रहने छ भन्ने अपेक्षा गरेका छौं ।
नेपाल आमाको जय ।
छितराज न्यौपाने राष्ट्रिय महासचिव















प्रतिक्रिया