
भक्तपुर, ३ भदौ । चेक बाउन्सको मुद्दामा नेपाली काङ्ग्रेसका प्रदेश क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली काङ्ग्रेस काठमाडौं–२ (ख) का प्रदेश सभापति उद्धवबहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो ।
भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्का गोठाटारबाट पक्राउ परेका हुन् ।
सभापति खडकाले पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० हजार रकम नतिरी उल्टै धाकधम्की दिई हिँडेको भन्दै प्रहरीमा उजुरी परेपछि बिहीबार साँझ उनलाई पक्राउ गरिएको हो ।















प्रतिक्रिया