५ कार्तिक २०८३, बिहिबार

भूकम्प पीडितको राहत सामग्री बेच्दै गरेका तीन जना बल्खुबाट पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arrestedकाठमाडौँ, २२ वैशाख । बल्खु मदननगरमा भूकम्पपीडित सहयोगार्थ आएको राहत सामग्री बिक्रीवितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काँडाघारी बस्ने रामेछाप सुनारपानी–८ का १९ वर्षीय रानमकुमार केसी तथा काँडाघारीमै बस्ने सर्लाही हरिवनका ट्रक चालक ४२ वर्षीय सिंहबहादुर कार्की र ज्ञानेश्वर बस्ने ३८ वर्षीय विकास शरद छन् ।

लक्ष्मी राइस मिल नौतनहवा जिल्ला नहराजगन्ज उत्तरप्रदेश भारत लेखिएको ब्यानर राखिएको ना३ख ३९९० नंको ट्रकमा ल्याएको कनिका चामल प्रतिबोरा रु सात सयका दरले बिक्री वितरण गरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त कालीमाटीले ४४० बोरा चामल, सो ट्रक र रु एक लाख १६ हजारसमेत बरामद गरी सोमबार साँझ उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुमाथि अनुसन्धान गरी आवश्यक कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ । रासस