
काठमाडौं, २ भदौ । कलेज हिँडेका र कलेजबाट फर्किएका ११४ जना विद्यार्थी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको बिशेष चेकिङ अभियान अन्तर्गत आज ११४ जना चालक (विद्यार्थी) कारबाहीमा परेका हुन् ।
कारबाहीमा पर्नेहरूमध्ये सवारी चालक अनुमतीपत्र प्राप्त नगरी सवारी साधन चलाउने ४८ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४२ जना, लापरवाहीका साथ सवारी साधन चलाउने ११ जना, तीव्र गतिमा सवारी साधन चलाउने ८ जना, हेलमेट नलगाउने ३ जना र दुईपाङ्ग्रे सवारी साधनमा ३ जना सवार २ जना छन् ।
ट्राफिक प्रहरीले कलेजका विद्यार्थीहरूको सुरक्षालाई दृष्टिगत गर्दै केही दिनयता ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिरहेको छ ।















प्रतिक्रिया